‘बिकाससंगै सुशासनयुक्त र भ्रष्टाचारमुक्त पालिका’ बनाउनेछु-प्रमुखका उम्मेदवार रेग्मीका प्रतिवद्धता
भवानी अधिकारी/स्याङ्जा २० बैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यहाँका प्रतिस्पर्धी उम्मेदवारहरु घरदैलोमा पुगेर मत माग्नमै ब्यस्त छन्।
बिभिन्न राजनीतिक दलहरु आ आफना दलगत गुट सहित आ आफना निर्वाचन क्षेत्रमा पुगेर आ आफनै शैलीले मत माग्ने गरेका छन्।
निर्वाचन कार्यालयले अन्तिम नामावली प्रकाशसन गरेसंगै यहाँका राजनीतिक दलहरु घर तथा टोलटोलमा पुगेर मत माग्ने अभियानमा जुटेका हुन।
अघिल्लो पटक पुतलीबजार नगरप्रमुखका उपविजेता नेपाली कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मी यसपटक आफु निर्वाचित भएमा नगरबासीका आवश्यकता अनुरुपका शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससंगसंगै सुशासनयुक्त र भ्रष्टाचार मुक्त पालिका बनाउने अभियानमा रहेको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘सदरमुकामसंगै रहेको नगरपालिका अस्तब्यस्त छ। ५ बर्षे समयसीमा उल्लेख्य कुनै काम हुन सकेनन्। बनेका पनि टिकाउ र राम्रा छैंनन्। विकास निर्माणले गति लिएनन्। साँगुरो राजमार्ग, अब्यवस्थित खानेपानी र ढल निकास, बिभेदयुक्त अनुदान तथा सहयोग बितरण लगायत कार्यकर्तामुखी कार्यक्रमका कारण समग्र नगरबासीका पहुँच भन्दा बाहिर बनाइएकोे पालिकालाई सबैको साझा बनाउनेछु। यसपटक मलाई मतदान गर्नुहोस्।’
सबै बर्ग, धर्म र जातजातीलाई समान शिक्षा, उपचार, रोजगार र सीप विकासमा ध्यान दिई नगरपालिकाको बढ्दो बसाई सराईंलाई नियन्त्रणगरी प्राबिधिक तथा उच्च शिक्षालय स्थापना गर्ने उहाका भनाई छ ।
यसैगरी, उपप्रमुख देवी अर्यालले गृहीणीदेखि कामकाजी सबै महिलाको समान सम्मान सहित उनीहरुका हक, हित, अधिकार, रोजगार र न्यायका पक्षमा काम गर्ने बताउनुभयो ।
सबै बर्गका महिलाकालागि सम्मान योग्य काम गर्ने, उनीहरुका क्षमता पहिचानगरी रोजगार तथा सीपमूलक तालिम उपलब्ध गराई महिलामुखी रोजगारी सृजना गर्ने पक्षमा रहेको लक्ष्य उहाले बताउनुभयो ।
अघिल्लो पटक १२ सय २० मतान्तरले पराजित हुनु भएका रेग्मी यसपटक आफु निर्वाचित हुनेमा आशावादी हुनुहुन्छ । क्षेत्रीले १० हजार २४९ मत ल्याएर विजयी हुँदा रेग्मीले ९ हजार २९ मत पाउनु भएको थियो । यसपटक कांग्रेसप्रतिको जनलहर बढेको उहाले भन्नुभयो । चौध वटा वडा रहेको यहाँका मतदाता हाल ३७ हजार ७०८ जना छन् ।
अघिल्लो पटक पनि उनी नेकपा एमालेका तर्फवाट हाल पनि उम्मेदवार बन्नुभएका सीमा क्षेत्रीसंगै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसपटक पनि नेकपा एमालेका तर्फवाट उही पुराना प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखलाई दोहारयाएको छ । नेपाली कांग्रेसले पनि अघिल्लो पटककै उम्मेदवारलाई टिकट दिदै रेग्मीलाई पुनः उम्मेदवारी बनाएको हो । उपप्रमुखमा भने अर्याललाई पहिलो पटके हो। उहा नेपाली कांग्रेस महासमिति सदस्य हुनुहुन्छ भने प्रमुख पदका उम्मेदवार रेग्मी क्षेत्र नं. १ का क्षेत्रीय सभापति ।
पुतलीबजार नगरप्रमुख र उपप्रमुखका उम्मेदवार रेग्मी र अर्याल लगायत ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


