एन्फा स्याङ्जाको अधयक्षमा पुनः राना
प्रकाश डोटेल
स्याङ्जा, ११ बैशाख :
अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाको अध्यक्षमा मुक्तबहादुर राना पुनः निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा पुतलीबजारका शरद गुरुङ्, वालिङका भिमप्रसाद पंगेनी र सुन्दर श्रेष्ठ सर्वसहमतिमा निर्वाचित भएका हुन् ।
जिल्ला सदरमुकामस्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न अधिबेशनले संघको महासचिवमा पुतलीबजारका ईश्वर पराजुली निर्वाचित भएका छन्, भने कोषाध्यक्षमा वालिङका विजय बिक्रम खाँण ‘विक्रम’ निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता हरिप्रसाद रेगमलिे जानकारी दिए ।
संघको सदस्यमा प्रकाश रेग्मी, सगुन थापा, यमबहादुर थापा, बसन्तकुमार थापा, भुवन थापा, सागर धिताल, लक्ष्मण रुचाल, लालबहादुर ज्वारचन, राजकुमार गुरुङ् केशबहादुर थापा र सोमबहादुर मल्ल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


