७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आज बिहीवार भएकाे नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयाे ।
उहाँले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पुर्याउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदाे ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


तस्वीर : वालिङ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदै ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


