वालिङमा तेस्रो मेयर कप तथा दोस्रो उपमेयर कप शुरु
वालिङ, ६ बैशाख :
वालिङ नगरपालिकाद्धारा आयोजित नगरपालिकास्तरीय अन्तर वडा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता तथा दोस्रो उपमेयर कप महिला भलिबल प्रतियोगिता वालिङ १ को रामबाच्छा खेलमैदानमा शुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खाँणले खेलले युवाहरुलाई अनुशासित र संगठित बताउने बताउनुभयो ।
साथै प्रमुख खांणले खेल र खेलाडिको विकासका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । खेललाई व्यवासायिक रुपमा अगाडि बढाई खेलाडिको भविष्य सुनिश्चित बनाउनुपर्नेमा जोड दिनुभयो । खेलकै माध्यमबाट पहिचान बनाउन सकिने भएकाले वालिङमा खेलाडिको उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म यहाँका खेलाडि पु¥याउन सकियो भने यहाँको थप विकास हुने बताउनुभयो । कार्यक्रमको उद्दघाटन पदमराज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नगरप्रवक्ता केदार काफ्ले र सञ्चालन दिपेन्द्र खांणले गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ वालिङ नगरका १४ वटै वडाका १४ टिम र महिलातर्फ ५ टिमको सहभागिता छ । प्रतियोगितामा पुरुषतर्फ प्रथमले ६५ हजार, द्धितियले ४१ हजार र तृतिय हुने दुई समुहले ३०/३० हजार नगद सहित मेडल प्रमापत्र प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथम, द्धितिय र तृतियले क्रमशः ४० हजार २० हजार र १४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता यही बैसाख ६ गतेसम्म सञ्चालन हुनेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


