राप्रपाले वडा अध्यक्षका उमेद्वार टुङ्ग्याउदै ।

स्याङ्जा :
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतह निर्वाचनका लागि राप्रपाले पनि आफ्ना उमेद्वारहरु टुङ्ग्याउन शुरु गरेको छ ।
पुतलीबजार नगरपालिकाले १४ वटा वडामध्ये पाँच वटा वडाको वडा अध्यक्ष टुङ्गो लगाएको छ ।
वडा अध्यक्ष छनौट कार्यक्रममा पार्टीका पूर्व सहायक महामन्त्री मदन कुमार कार्की, केन्द्रीय सदस्य हिकमतजंग कार्की, जिल्ला अध्यक्ष इन्द्र प्रसाद गुरुङ लगायतको उपस्थित रहेको थियो ।
राप्रपा पुतलीबजार नगर कार्य समितिका अध्यक्ष नील बहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको वडा नम्बर १ मा श्याम कृष्ण श्रेष्ठ, ६ मा रामचन्द्र सुवेदी, ७ मा बिमल शाही, ८ मा राम बहादुर गुरुङ, ११ याम बहादुर थापालाई उठाउने निर्णय सर्वसम्मत पारित गरेको छ ।
त्ससैगरी वडा नं २ मा पदम बहादुर भुजेल र सुक बहादर गुरुङ, ४ मा सुरेन्द्र नेपाली, महेन्द्र गिरी र महेन्द्र पोखरेल, ५ मा एसमान गुरुङ र राजेन्द्र कार्की, १४ मा सोवित बहादुर र गीता शाह आकाँक्षी देखिएपछि छलफल कै क्रममा रहेको राप्रपाका केन्द्रीय सदस्य हिकमतजंग कार्कीले जानकारी दिनुभयो । त्यसैगरी वडा नं ९, १०, १२ र १३ मा अध्यक्षको उम्मेद्वार छलफलकै क्रममा रहेको कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP