आइसिसी टी २० वरीयतामा नेपालको एक स्थान सुधार ।
काठमाण्डौ:
आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ। अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा छ।
शीर्ष स्थानमा भारत छ। दोस्रो स्थानमा इंग्ल्यान्ड छ भने पाकिस्तान तेस्रो स्थानमा, न्युजिल्यान्ड पाँचौ र अस्ट्रेलिया छैटौं स्थानमा छन्। वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौ, बंगलादेश नवौं, श्रीलंका दशौं र जिम्बावे एघारौं स्थनमा छ।
नेपालले पछिल्लो यहि महिना घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसियाबिरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा लिग चरणमा चार र फाइनलमा गरी लगातार पाँच खेलमा जित हात पारेको थियो।
त्यसअघि नेपालले विश्वकप छनोटमा समूह चरणमा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको थियो।
सेमिफाइनलमा भने नेपाल युएईसँग हारेको थियो। यहिँ खेलमा पराजित हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल भएको थियो।तेस्रो स्थानको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


