भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि ।
काठमाण्डौ:
भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ ।
मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् ।
मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् ।
एक जना विदेशी महिलामा उक्त संक्रमण पुष्टि भएको तर उनी पूर्णतः निको भएर आफ्नो देश फर्किएको डा. जोशीको भनाइ छ ।
परीक्षणका क्रममा गत महिना युरोपेली देशहरु र चीनमा तीब्र गतिमा फैलिएको कप्पा भेरियन्ट पनि फेला परेको मुम्बइका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एक्स–ई भेरियन्ट बीए टु भेरियन्ट भन्दा बढी संक्रामक हुन सक्ने आशंका पनि चिकित्सकहरुले गरेका छन् ।
यता, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने नयाँ भेरियन्टको विषयमा अहिले नै यकिन रुपमा बताउन नसकिने भन्दै त्रसित नहुन भनेको छ । नयाँ भनिएको भेरियन्ट सम्बन्धि पर्याप्त अध्ययन नगरी निष्कर्ष निकाल्नु हतार हुने भारतीय स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


