पुर्बाधार बिकाश र शैक्षिक गुणस्तरमा पुतलीबजारबासीको चासो ।

सुशील सुबेदी / स्याङजा :
पुतलिबजार नगरले दोस्रो चौमासिक कार्यक्रमको सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा नं १३ स्थित मातृभुमी माध्यामिक बिद्यालयमा आयोजना गरिएको उक्त सुनुवाईमा अधिकांश सहभागीले पुर्बाधार बिकाश र कृषययययरु खेतियोग्य जमिनमा माटो सुहाउँदो तरकारी फलफुललाई व्यवसायीक खेतीतर्फ आँफुहरु ईच्छुक रहेको बताउँदै सिंचाई र प्राबिधिक सहयोग नगरले गरिदिन कार्यक्रममा सहभागीले आग्रह गरे ।
गोल्डेन ब्रोडकास्टिङ मिडीयाले संयोजन गरेको उक्त कार्यक्रममा स्थानीय तारक बहादुर थापाले टापु फाँटमा सिंचाई आयोजना को निर्माण गर्न सके खेती योग्य जमिनको सदुपयोग हुने बताउनु भयो । नगरले बेला बेलामा कृषकको घरमा कृषी बिज्ञ पठाउने , प्राबिधिका तालिम गर्ने जस्ता क्रियाकलालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
वडा नै १३ भित्र अहिले सम्म कालोपत्रे सडक नभएको कारण कृषी उत्पादन सहजरुपमा बजार लान नपाएको गुनासो सहभागीको थियो ।

यसैगरि नगरप्रमुख सिमा कुमारी श्रेत्रीले नगरबासीको ईच्छा र चहानालाई सम्बोधन गर्दै पुतलिबजारको समृद्धी तर्फ अगाडी बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामिले पुतलिबजारलाई उज्यालो नगरको रुपमा बिकाश गर्दैछौँ , पर्यटन , कृषी र शिक्षा हाम्रो प्रमुख आधार हो ।’
कृषीक्षेत्रमा पसीना बगाउन सबैलाई आग्रह गर्दै नगरले कृषकको उत्पादन एकै ठाउँमा संकलन गरेर बेच्ने केन्द«को रुपमा कृषी उपज संकलन केन्द« निर्माण भैरहेको बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सदरमुकाम खेलमैदानमा उक्त केन्द«को निर्माण गर्न कार्य भैरहेको उहाँले बताउनु भयो ।
दोब ब. कार्कीले उज्यालो शहर तर्फ उन्मुख नगरले काठको पोल तत्काल बिस्थापित गर्दै सम्भाबित दुर्घटना निराकरण गर्न नगरले ध्यान दिन आग्रह गर्नुभयो । कार्कीले नगरभित्र रहेका बन जङगलको पहिचान गर्दै अमुल्य जडीबुटी संकलन र प्रशोधन गर्दै आर्थिक समृद्धी तर्फ जान आग्रह गर्नुभयो । मातृभुमी माध्यामिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष धुब्रराज अधिकारीले शैक्षिक सुधार गर्दै प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । बालशिक्षीकाको तलब माथि बिभेद भएको बताउँदै नगरले समेत सम्बोधन गर्दै उनीहरुको तलबमाथी पुर्नबिचार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा नगर अध्यक्ष तारा शर्मा , नेपाली काँग्रेस वडा सभापती हर्क ब. सारु , राप्रपा प्रजातान्त्रिक स—अध्यक्ष जयनारायण श्रेष्ठ लगाएतले आफ्नो धारणा राखेका थिए ।
यसैगरि १३ नं वडाका वडाअध्यक्ष ख्याम नारायण अधिकारीले खानेपानी योजना , सडक बिस्तार , स्वरोजगार कार्यक्रम वडाको महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो ।
आ.ब ०७५÷०७६ को कुल ७३ करोड बजेट नगर मार्फत बिनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत रुद« बहादुर मल्लले जानकारी दिनुभयो । चालु तर्फ ९ करोड , सामाजिक सुरक्षा तर्फ १५ करोड , सशर्त अनुदान ३१ करोड र बांकी पुँजिगत खर्च १८ करोड रहेको मल्लले बताउनु भयो ।
नगरभित्र रहेका १४ वडा भित्र ४४६ वडा स्तरीय योजना रहेको प्रशासन अनुगमन शाखा प्रमुख तराचन्द« ढकालले बताउनु भयो । नगरले १५ वटा नगर गौरब आयोजना गरेको थियो भने १८६ वटा नगर स्तरीय योजना राखेको थियो । कुल योजना मध्ये ८५ प्रतिशत काम सम्पन्न भएको ढकालले जानकारी दिनुभयो ।
उक्त साबजनिक सुनुवाईको संयोजन गोल्डेन ब्रोडकास्टिङ मिडीयाले गरेको थियो । नगरप्रमुख सिमा कुमारी श्रेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सुशील सुबेदीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


