चितवनमा बस पल्टिँदा ३८ जना घाइते ।
चितवन:
चितवनको इच्छाकामना गाउँपालिका–३ पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बा ५ख ७९४२ नम्बरको यात्रुबाहक बस इच्छाकामना गाउँपालिका–३ पृथ्वी राजमार्गको पानीधार भन्ने स्थानमा अनियन्त्रित भएर बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
चालकसहित ६ जनाको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने गम्भीर रहेको छ ।
अन्य ५ जनालाई उपचारको लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल तर्फ लगिएको छ । जसमा अवस्था २ जनाको अवस्था गम्भीर रहेको छ ।
केही समय अवरुद्ध भएको राजमार्ग सडमबाट बस हटाएपछि सञ्चालनमा आएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


