काठमाडौंमा जारी महिला फुटवल प्रतियोगितामा वालिङ्द्वारा शम्भुनाथ नगरपालिकामाथि ११-० को जित।
तोलाकान्त बगाले / वालिङ् :
काठमाडौंमा आज (शनिबार) भएको अन्तर नगरपालिका स्तरीय उपमेयर कप महिला फुटवल प्रतियोगितामा स्याङ्जाको वालिङले बिजयी शुरुवात गरेको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा शुक्रबारदेखि शुरु भएको उपमेयर कप अन्तर नगरपालिकास्तरीय महिला फुटवल प्रतियोगिता अन्तर्गत वालिङले पहिलो खेलमा शम्भुनाथ नगरपालिका सप्तरी माथि फराकिलो गोल अन्तरले जीत निकालेको हो ।
सशस्त्र प्रहरी बलको हेडक्वाटर हलचोकमा भएको समूह ‘ए’ को खेलमा वालिङ नगरपालिकाले शम्भुनाथ नगरपालिका सप्तरीलाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको एन्फा स्याङ्जाका महासचिव भीम पंगेनीले बताउनुभयो ।
वालिङको जीतका लागि सरस्वती हमालले ४, शान्ताले ३, अस्मिता रनपाल, मनमाया दमै, लेखमाया मास्कीले १÷१ गोल र एक गोल आत्मघाती भएको प्रशिक्षक दिलिप थापाले बताउनुभयो । वालिङले आईतबार बिहान दाङको घोराही उपमहानगर नगरपालिकासँग प्रतिस्पर्धा गर्ने वालिङ नगर कार्यपालिका सदस्य एवम् टिम ब्यवस्थापक रेखा थापाले बताउनुभयो । देशभरीका कूल १८ नगरपालिकालाई चार समूहमा विभाजन गरिएको छ भने समूह विजेताले मात्रै सेमिफाईनलमा प्रवेश पाउने छ ।
प्रतियोगितामा प्रथम हुने नगरपालिकाले नगद पाँच लाख र द्वितीय हुने नगरपालिकाले नगद तीन लाख प्राप्त गर्ने छन् ।
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…