होली खेल्ने क्रममा छतबाट खसेर मृत्यु ।
काठमाण्डौ:
काठमाडौँमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।खड्काको बिहीबार साँझ ७ः३५ बजे नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।
यस्तै, होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


