पूर्वशिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण निधन ।

चितवन । पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ ।५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।
शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए ।
माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । आज बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन तल्लीन थिए । त्यही क्रममा उनका एक साथी त्यहाँ आइपुगे । उनीसित गफिँदै गर्दा अचानक पौडेल ढल्न पुगेका थिए । त्यसपछि तुरुन्तै उनलाई बगौडा अस्पताल पुर्याइएको थियो ।
नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए ।पौडेलका दुई छोरी छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् । पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन आउँदैछन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


