गण्डकी प्रदेश स्तरिय कविता प्रतियोगिता सम्पन्न ।
फाल्गुन १६ गते :
अन्तराष्ट्रिय महिला दिवसका अवसरमा प्रदेश स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो भिवष्यका लागि आजै लैगिंक समानता’ बिषयमा प्रदेश स्तरिय कविता प्रतियोगिता भएको हो । प्रदेशका ११ वटै जिल्लाबाट प्राप्त भएका आवेदनका आधारमा छनौट भएका ११ जना बिद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका हुन् ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको आयोजना र एनसेलको सहयोगमा भच्र्युल माध्यमबाट कविता प्रतियोगितामा सम्पन्न भएको हो ।
प्रतियोगितामा म्याग्दीको बेनी सामुदायिक बिद्यालयका हिमाल आचार्य प्रथम हुनु भएको छ । त्यस्तै बाग्लुङको अमर सामुदायिक बिद्यालयका निर्मला बिक दोस्रो र तनहुँको सत्यवती सामुदायिक बिद्यालयका गौरव साप्कोटा तेस्रो हुनु भएको छ ।

प्रतियोगितामा आफ्नो भनाई राख्दै गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले महिलाहरुको क्षमता बिकास भईरहेको बताउनु भयो । कतिपय मुख्य मुख्य पदमा महिलाहरु पुग्नुले महिलाको सशक्तीकरण भईरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सामाजिक र बातावरण दुवैलाई सम्मिश्रण गरेर कविता प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । कसैलाई पटाडि नछाडौं र छोडिएकालाई सँगै अगाडि बढाऔं भन्ने दीगो बिकासको मुख्य बिषयलाई सार्थक बनाउदै महिला ससक्तीकरणमा सहयोगी होस भनेर कविता प्रतियोगिता आयोजना गरिएको अर्यालले बताउनु भयो ।

कार्यक्रममा साहित्यकार सरुभक्त, युएनडिपी नेपालका शीला शर्मा र प्रकृति जिसी,डाक्टर भावना पाख्रेल,शिव संकल्प,बिशाखा लक्ष्मी खड्का लगायतले बोल्नु भएको थियो ।
कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा पहिलो हुने हिमाल आचार्य ले आगामी मार्च ८ मा हुने देश व्यापी कविता प्रतियोगितामा सहभागि हुनुहुने अर्यालले जानकारी दिनुभयो । देशका सात वटै प्रदेशमा प्रदेश स्तरीय कविता प्रतियोगिता भईरहेको छ । त्यस्तै नेपाल प्रथम हुने बिद्यार्थी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने बताईएको छ । अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल सहित भारत, श्रीलङ्का र थाईल्याण्ड गरी चार देश बीचमा हुने युएनडिपीले जनाएको छ ।



समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


