सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्रलाई, १३ खेलमा २ गोल मात्र खाएको थियो।
काठमाण्डौ:
मच्छिन्द्र फुटबल क्लबले १३ खेलमा २ गोल मात्र खाएर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफलार्ई पराजित गरेसँगै मच्छिन्द्रले १३ खेलमा ३५ अंकसहित दोस्रोपटक उपाधि उचालेको हो ।मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा एनआरटीविरुद्ध गोल खाएको थियो भने अन्तिम खेलमा एपीएफविरुद्ध गोल खाएको हो ।
पहिलो खेल २–१ को जित निकालेको मच्छिन्द्रले अन्तिम खेल पनि २–१ कै जित निकालेको हो । यी दुई गोलबीचको अन्तर ११ सय ८८ मिनेट रहेको छ ।शनिबारको खेलको ४१औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए पनि दोस्रो हाफको ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई बराबरीको अवस्थामा ल्याए ।
तर खेलको ८१औं मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै लिगको सुखद अन्त्य गरे । त्यसपछि पनि एपीएफले थुप्रै गोल गर्ने अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।मच्छिन्द्रले ११औं चरणमा नै सिजन जितिसकेको थियो । उसका लागि दुई खेल प्रतिष्ठाका लागि मात्र थिए ।

उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपैयाँ, दोस्रो हुने त्रिभुवन आर्मी क्लबले ५० लाख र तेस्रो हुने न्यूरोड टीम एनआरटीले २५ लाख रुपैयाँ पाएको छ । प्लेयर अफ दि लिगको उपाधि मच्छिन्द्रका सुनिल बलले जितेका छन् । उपाधिसँगै उनले ३ लाख रुपैयाँ नगद पनि पाएका छन् ।
सातदोबाटो फुटबल क्लबले फेयर प्लेको अवार्ड पाउँदै दुई लाख रुपैयाँ पुरस्कार पाएको छ । यस्तै, त्रिभुवन आर्मी क्लबका दिनेश योञ्जन इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट हुँदै १ लाख ५० हजार जित्न सफल भएका छन् ।मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर हुँदै २ लाख रुपैयाँ पाएका छन् । उनले प्रतियोगिता अवधिभर जम्मा दुई खोल मात्र खाए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


