र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा ।
पोखरा:
र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले जानकारी दिए ।
लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो ।
लाउरेले पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी पोखरा फर्किएका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


