स्याङ्जामा निर्वाचन सम्बन्धि सरोकारवालाबीच छलफल
भवानी अधिकारी,
स्याङ्जा, ६ फागुन :
छैटौं निर्वाचन दिवसका अवसर पारेर शुक्रवार जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया गरेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले बैशाख ३० गते हुन लागेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्ने बताईन । निर्वाचन निरन्तर प्रक्रिया रहेकाले सरोकारवाला सबै संयन्त्रले आ आफना आचार संहिता बमोजिम निर्वाचन कार्यमा जुट्न आग्रह गरिन ्। मतदाता शिक्षा दिई मत बदर संख्या घटाउनु पर्ने उनको भनाई छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेकपा एमालेमा उपसचिव विश्व पौडेल, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी सचिवालय सदस्य मनबहादुर गुरुङ, नेकपा एकिकृत समाजवादीका उपसचिव श्री गुरुङ् लगायतले आउदो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय एवं मितब्ययी बनाउने प्रतिवद्धता जनाए ।
जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले स्याङ्जामा निर्वाचन सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। चालु आव २०७८ साउनदेखि माघ २४ गतेसम्म जिल्लाभरका १८ हजार जना मतदाता थपिएको जनाए ।
प्रमुखका अनुसार संबिधानसभा निर्वाचन (२०६४) मा २ लाख ९५ हजार ४४२ मतदाता थिए। दोश्रो संबिधानसभा निर्वाचन (२०७०) मा १ लाख ६२ हजार ८७० भए भने स्थानीय तह निर्वाचन (२०७४) मा १ लाख ९१ हजार २५७, प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन (२०७४) मा २ लाख १० हजार ३८ मतदाता थिए ।
तर, अहिले स्थानीय तह निर्वाचन (२०७९) मा २ लाख ४२ हजार १२२ अनुमानित तथ्यांक रहेको अधिकृत मरासीनीको भनाई छ । उनले भने, ‘यो संख्या अन्तिम होइन, अन्तिम समयसम्म मृत्यु लगत र दोहोरा नाम सच्चाउदा करिब ४० हजार कम हुन सक्ने अनुमान छ ।’
जिल्लामा १७ वटा राजनीतिक दल दर्ता भएका छन्। यसअघि निर्वाचन घोषणा भएकै दिन १८ बर्ष पुरा गरेकाले मात्र मतदान गर्न पाउथे। तर, अहिले भने बैशाख २९ गतेसम्म १८ बर्ष पुगेकाले मतदान गर्न पाउनेगरी निर्वाचन आयोगले नयाँ ब्यवस्था गरेको पनि प्रमुख मरासीनीले जानकारी दिए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


