मंगलवार मृत अवस्थामा भेटिएका अधिकारीको हत्या भएको पुष्टी, हत्या आरोपी पक्राउ ।
श्रीकृष्ण सिग्देल / वालिङ :
जेष्ठ २७ गते भीरकोट नगरपालिका १ मुल्कीचौपारीमा मृत भेटिएका भनिएका व्यक्तिलाई हत्या गरेको खुल्न आएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारीको शव २७ गते विहान मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार २६ गते राती मृतक अधिकारीले मादक पदार्थ सेवन गरी रुपन्देही देवदह १० घर भई भीरकोट १ डायमण्डचोक बस्ने ३९ वर्षीय लेखबहादुर सुर्यवंशीले हत्या गरेको खुल्न आएको हो ।

सुर्यवंशीको डेरामा गई काम गरेको पैसा मागेकोमा एक दुई दिनमा दिउँला भन्दा आत्म सम्मानमा चोट पुग्ने गरी गाली गलौज गरेको भन्दै सुर्यवंशीले मृतक अधिकारीलाई हथौडा र काठको चिरपटले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुर्यवंशीको प्रहारबाट घाईते भएका मृतक अधिकारीको मृत्य भएको प्रहरी उपरिक्षक भण्डारीले बताउनु भयो । सुर्यवंशीलाई जिल्ला अदालतमा पेश गरि म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन गण्डकी प्रदेशबाट कुकुर सहित जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालको कमाण्डमा टोली खटिएको थियो । हत्यामा संलग्न सुर्यवंशी र मृतक दुवैले मादक पदार्थ सेवन गरेर झगडा हँुदा घट्ना घटेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


