स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट संचालन
भवानी अधिकारी,
स्याङ्जा, १८ माघ :
स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारदेखि अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अक्सिजन प्लान्ट को आजदेखि सुरुवात भएको जानकारी गराउनु भषृ । मेशिन स्विच अन गर्दे प्रजिअ पौडेलले भन्नुभयो ‘अक्सिजनका लागि जिल्लाले अव अन्त भर पर्नु पर्ने छैंन । बिजुलीका लागि नयाँ ट्रान्सफर्मर सहित अक्सिजन प्लान्ट संचालनमा आएको हो । जिल्लाबासीका लागि खुशीका कुरा हुन यी ।’
कार्यक्रममा अस्पताल प्रमुख डाक्टर रमेश आचार्यले अवदेखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनु भयो । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पुरा गर्न सकिने प्रमुख डा आचार्यको भनाई छ ।

संघिय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको हो । एक करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण सम्पन्न भएको छ ।
अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ । प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्छ । दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने क्षमताको छ । यसले १५ हजार लिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने र ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्ने डा. आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार भरिएको प्रति सिलिन्डरमा ६ हजार ४०० लिटर अक्सिजन हुन्छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलको बिशेष पहलमा प्लान्ट सञ्चालन गरिएको हो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


