एक किलो सुनसहित २५ वर्षीय युवक पक्राउ ।

पोखरा:
पोखरामा एक किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेका छन् । गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित उनलाई पक्राउ गरिएको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP