नेपालले ओमानमा चारदेशीय ट्वान्टी–२० शृंखला खेल्ने ।
काठमाण्डौ:
नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरअघि चार देशसम्मिलित ट्वान्टी–२० शृंखला ओमानमै खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ग्लोबल क्वालिफायरअघि नेपालले शृंखला खेल्ने जानकारी दिएको छ ।
अक्टोबर /नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपका लागि ग्लोबल क्वालिफायरअन्तर्गत समूह ‘ए’ का खेलहरू ओमानमा अर्को महिना हुँदै छ । क्वालिफायरमा सहभागी देश ओमान, नेपाल, यूएई र आयरल्यान्डबीच चारदेशीय शृंखला हुन लागेको हो ।
शृंखलाको पहिलो खेल नेपालले माघ २८ गते घरेलु टोली ओमानसँग खेल्नेछ । त्यसपछि २९ गते यूएई र फागुन २ गते आयरल्यान्डसँग खेल्ने तय भएको छ । यी चारै टोली ग्लोबल क्वालिफायरका दाबेदार हुन् । गत वैशाखमा नेपालमै भएको नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय शृंखला जितेको नेपालले १० महिनापछि ट्वान्टी–२० शृंखला खेल्न लागेको हो । यसलाई ग्लोबल क्वालिफायरको तयारी खेलका रूपमा लिइएको छ । यो शृंखलामा नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा दोस्रोपल्ट जिम्मेवारी लिएका पुबुदु दासानायके र नवनियुक्त कप्तान सन्दीप लामिछानेको पहिलो परीक्षा हुनेछ । क्यानले अघिल्लो महिना ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरी सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


