निस्सासिएर ३ महिने शिशुको मृत्यु, आमा बुवा बेहोस ।
काठमाण्डौ
भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए। रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्थे।उनीहरू दुई वर्षदेखि त्यहाँ डेरा गरी बसेका थिए। उनीहरू सामान्य खेती किसानी गर्थे। शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।
प्रहरीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो। ‘अचेत अवस्थामै हामीले अस्पताल पुर्याएका थियौं। अहिले पनि होस आइसकेको छैन। अवस्था एकदम गम्भीर छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने। उपचारको क्रममा बिहान साढे बिहान तीन महिने छोराको मृत्यु भएको हो। श्रीमान र श्रीमतीको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको छ।प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। मृतकका परिवारहरू पनि अहिले सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


