स्याङ्जा काँग्रेसको प्रबक्तामा लम्साल
प्रकाश डोटेल
स्याङ्जा, ४ माघ ।
नेपाली काँग्रेस स्याङ्जाको प्रबक्ताको जिम्मेवारी भरतप्रसाद लम्सालले पाएका छन् । स्याङ्जा काँग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रबक्ताको जिम्मेवारी दिएका हुन् ।
नेपाली काँग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५) को दफा १२ को उपदफा ५ ख (२) र उपदफा ७ (ङ्) द्धारा प्राप्त अधिकार प्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रबक्ताको जिम्मेवारी दिएका छन् ।
राजनीतिकशास्त्र र अर्थशास्त्रमा एम.ए. गरेका लम्साल स्याङ्जा काँग्रेसमा बौद्धिक नेताका रुपमा लिईन्छ । २०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थालेका लम्साल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष छन् । जिल्ला सदरमुकाम निवासी लम्साल जिल्लास्थित विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।
१४ औं महाधिबेशन अन्र्तगत स्याङ्जा जिल्लाको सभापतिमा निर्वाचित संविधानसभाका सदस्य समेत रहेका राजु थापाले औपचारिक रुपमा पार्टीको आन्तरिक कामलाई तिव्रता दिएका छन् । चुनावी प्रक्रियामा देखिएका चुनौतीहरुलाई अन्त्य गर्नका लागि सक्दो प्रयास गर्ने पनि सभापति थापाले बताएका छन् ।
पार्टीको पहिलो बैठकबाट नै संगठन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रयास भएको स्याङ्जा काँग्रेसका जिल्ला सदस्य घनश्याम रिजालले बताए । संगठनलाई तिव्रता दिनका पहिलो चरणमा जिल्लाका ११ वटै पालिकामा प्रशिक्षण कार्यक्रम राख्ने तयारी गरिएको रिजालले जानकारी दिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


