लागुऔषध कारोबारीले प्रहरीलाई प्रहरीकै हतियार खोसेर आक्रमणको प्रयास ।
पोखरामा प्रहरीले गोली प्रहार गरी एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध कारोबारको सूचना पाएर पक्राउ गर्न गएको प्रहरीलाई प्रहरीकै हतियार खोसेर आक्रमण गर्न लागेपछि गोली हानेर कारोबारी ३० वर्षीय गोविन्द थापा लाई नियन्त्रणमा लिनु परेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका-१०, उत्तमचोकमा रहेको एउटा रेष्टुरेष्टमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीले हानेको गोली थापाको बायाँ तिघ्रामा लागेको र सामान्य घाइते भएको पनि सुवेदीले जानकारी दिनुभयो । घाइते थापाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उपचारपछि थप कारबाही अघि बढाइने प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । थापाको साथबाट लागुऔषध डाइजाेपाम ५ सय, नुर्फिन ५ सय, फिनारगन ५ सय थान गरि १५ सय थान बरामद भएको पनि उहाँले बताउनुभयो । यस्तै थापाले प्रयोग गर्ने गरेको ग १३ प ८२२८ नम्बरकोे मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


