तनहुँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु ।
काठमाण्डौ:
तनहुँको बन्दिपुर–६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप शुक्रबार राति दुर्घटना हुँदा नौ महिने बालिकासहित ६ जनाको मृत्यु भएको छ ।
ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियंत्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा एउटै गाउँका बालिकासहित चार जनाको घट्नास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ । बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापासहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बी माया गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


