रुपान्तरण खोज्नेहरु नै प्रतिस्पर्धी भएपछि अलग्गीन वाध्य भएँ म : नेता काँग्रेस नेता पौडेल
भवानी अधिकारी
स्याङ्जा २९ पुस :
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरु नै आ आफैं चुनावी प्रतिस्पर्धामा उत्रेपछि आफु अलग्गीएर बस्न बाध्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचनमा जित हार जे भए पनि अवदेखि आपसी सदभाव कायम राख्दै अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।
महाधिवेशन सकिए पनि ठूल्ठूला चुनौतीका पहाडहरु हाम्रा सामु खडा छन। नेपाली कांग्रेस कठिन चुनौतीको घडीमा छ। उहाले भन्नुभयोे, ‘लोकतन्त्रको लडाई अझैं जारी छ।’
सोही कार्यक्रममा नेपाली नागरिकलाई आशावादी बनाउने सन्देश र, अन्र्तघातबाट कसरी मुक्त पाइन्छ भन्ने बारे उत्तर खोज्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठका बुवाको निधनको समवेदना दिन बिहीवार भीरकोट आएका बेला आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले धेरै अघिदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउनेदेखि सुरु भएका अन्र्तघातका कारण अब खोजी हुन जरुरी रहेको उहाले बताउनुभयो ।
अहिले जवाफ दिने ठाउँमा नरहेको र समग्र नेता तथा कार्यकर्ताले यसका जवाफ खोज्नु पर्ने समय आएको उहाको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, सचिव दामोदर लम्साल लगायतले जिल्लामा कांग्रेसको सुदृढीकरणका लागि बिशेष अभियानका साथ अघि बढकोमा जोड दिनुभयो । उहाँसंगै कास्की तथा गण्डकी प्रदेशमा कांग्रेस नेताहरु पनि आउनुभएको थियो ।
तस्विरः भवानी अधिकारी÷स्याङ्जा
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


