वालिङमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न ।
वालिङ,२४ पुस :
वालिङमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत पावर टिलर तथा हाते ट्याक्टर मर्मत सम्वन्धी तालिम सम्पन्न भएको हो ।

उपकरण मर्मतको सिप नहुँदा किसानहरुलाई टाढा टाढा मर्मतका लागी लानुपर्ने झण्झडको न्युनिकरणका लागी तालिमको आयोजना गरिएको भन्दै तालिमले किसानहरुलाई निकै फाईदा पुगेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो । कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदी, दियालो संस्थाका उपाध्यक्ष विष्णु सुवेदी, प्रशिक्षक दिलबहादुर पौडेल, सहभागि रुद्रप्रसाद ढकाल लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फिल्ड तथा ईबिक अधिकृत गंगाधर खनाल राजुले गर्नुभएको थियो ।

तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाका ५० जना युवा कृषक तथा उद्यमीहरुको सहभागिता रहेको थियो । तालिम दुई सिफ्टमा सञ्चालन गरिएको र ट्याक्टर मर्मतको दोस्रो चरणमा ईन्जिन खोल्न सिकाउने तालिम सञ्चालन गरिने परियोजनाले जनाएको छ ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


