नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनको तयारी पुरा
भवानी अधिकारी/स्याङ्जा :
नेकपा एमाले स्याङ्जाले आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
स्याङ्जा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी गराइएको हो । नेकपा एमालेले सातौं अधिवेशन २०६९ साल माघ २६ गते भएपछि झण्डै ९ बर्षपछि आठौं अधिवेशन गर्न लागेको हो । सातौं अधिवेशनले पदमा अर्याललाई निर्वाचित गरेको थियो ।
त्यसपछि उहाँ केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कार्यवाहक मिनप्रसाद गुरुङ्ले पाउनु भएको थियो । त्यसपछि नेकपा माओवादीसंग एकता पछि पुन सूर्यप्रसाद गैह्रे पारस अध्यक्ष भई हालसम्म क्रियाशिल छन्। । अधिवेशन सम्पन्न गर्न बिभिन्न १० उपसमिति निर्माण गरिएको छ ।
पुस २३ गते शुक्रवार (भोली) स्याङ्जा सदरमुकाम स्थित सभागृहमा उदघाटन कार्यक्रम रहेको छ । भर्चुअल माध्यमबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकसाथ मुलुकभर उदघाटन गर्ने कार्यक्रम रहेको र त्यसपछि जिल्लामा भने नेकपा एमाले केन्द्रिय सचिव पदमा अर्यालले उदघाटन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिए।
अधिवेशनले ५ पदाधिकारी सहित १०५ जिल्ला कार्यसमिति चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उससचिव निर्वाचित गर्ने भएको छ । नेकपा एमालेका जिल्लाभर १३ हजार ६ सय ६८ संगठित सदस्य छन भने झण्डै ७ सय ३० प्रतिनिधी हुने बताइएको छ । अधिवेशन ३ दिनसम्म रहने र सकेसम्म सहमतिय आधारमा निर्वाचित गरिने संयोजक डुम्रेले बताए।
अहिलेसम्म आधिकारिक रुपमा अध्यक्ष तथा पदाधिकारीले आ आफना उम्मेदवारी आधिकारिक रुपमा घोषणा गरिनसकेको पनि उनले दावी गरे ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


