उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालको उपाधि रक्षा ।
काठमाण्डौ:
एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।
पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो। तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५-१५ ले विजयी हुन सफल भयो। चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन भयो।
प्रतियोगिताको फाइनलमा पुग्ने क्रममा नेपाल अपराजित रहेको थियो। नेपालले समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको थियो।श्रीलंकाविरूद्धको पहिलो खेलमा सुरूवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गरेर ३-२ को जित हात पारेको थियो। समूह चरणमा नेपालले श्रीलंकाविरुद्ध बाहेक अन्य टिमसँग कुनै सेट पनि गुमाएन। नेपालले त्यसपछि बंगलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। समूह चरणको अन्तिम खेलमा किर्गिस्तानविरूद्ध पनि ३-० कै जित हात पारेपछि नेपाल समूह चरणमा अपराजित बनेको थियो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


