वालिङका डाक्टर तिवारीका दुई कृति प्रधानमन्त्री देउवाद्धारा लोकार्पण
काठमाडौं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दुई कृति विमोचन गर्नु भएकाे छ। प्रधानमन्त्री देउवाले नेपाल संस्कृत विश्वद्यिालयका उपप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लेखिएका ‘कारिकार्थप्रकाशः’ र ‘पाणिनीयशिक्षा’ नामक दुई कृति लोकार्पण गर्नु भएकाे हाे।
कृतिका लेखक तिवारी नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठ, काठमाडौंमा प्राध्यापनरत रहनु भएकाे छ। तिवारीकाे स्थायी घर वालिङ नगरपालिका ८ हाे । दुवै पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गरिएको हो । प्रधानमन्त्री देउवा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति हुनुहुन्छ।
संस्कृत भाषामा पाणिनीय व्याकरणलाई सर्वोत्कृष्ट व्याकरण मानिन्छ । यही व्याकरण विषयमा विद्यावारिधि गरेका तिवारीले संस्कृत व्याकरण सम्बद्ध ग्रन्थको रचना गरेका गर्नु भएकाे हाे। पाणिनीय सूत्रग्रन्थ अष्टाध्यायीको व्याख्या गर्दै भट्टोजिदीक्षितले वैयाकरणसिद्धान्तकौमुदी ग्रन्थ रचना गर्नु भएकाे हाे ।

यस ग्रन्थमा पाणिनीयशिक्षाका आठवटा पाठभेदको समेत समावेश गरिएको छ । पुस्तकलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको हो ।
उक्त पुस्तक संस्कृत व्याकरण विषयका अध्येता एवं जिज्ञासुहरूका लागि उपयोगी हुने कृतिकार तिवारीले बताउनु भयाे ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


