माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक ।
काठमाण्डौ:
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरिएको हो। सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
महराका अनुसार प्रज्ञा भवनमा लगभग एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर टाँग्न थालिएको छ। महाधिवेशनमा प्रदेशबाट आठ सय तीनजना प्रतिनिधि, आयोजक एक सय र थप ६९ जना, सल्लाहकार एक सय ४९, केन्द्रीय विभागबाट एक सय दुई, पार्टीका विभिन्न आयोगबाट ७५, ज्येष्ठ नागरिक मञ्चबाट एक सय २५ र केन्द्रीय प्रतिनिधि २७ जना रहनेछन्।
सबैको ५ प्रतिशत मनोनीत (पूर्वजनमुक्ति सेना, पार्टी एकताबाट आएका) गरी एक हजार पाँच सय ३३ जना। घटबढ हुन सक्ने।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


