१४ औं महाधिवेशन अपडेट: खुला केन्द्रीय सदस्यमा देउवा समूहको वर्चस्व ।
काठमाडौँ:
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा समूहको वर्चस्व कायम भएको छ । खुलातर्फ निर्वाचित ३५ मध्ये २५ जना देउवा पक्षका उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार मात्रै विजयी भएका छन् ।
शेखर कोइराला समूहबाट अर्जुननरसिंह केसी, रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दीपक गिरी, गोविन्दराज पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु शिवाकोटी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दुवै गुटबाट उम्मेदवार बनेका पूर्वमहामन्त्री शशांक कोइरालाले सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवा समूहका एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र गोपालमान श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत र नेविसंघका अध्यक्ष राजिव ढुंगानाले पनि केन्द्रीय सदस्य जितेका छन् । त्यस्तै, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मदनबहादुर अमात्य, उमेशजंङ्ग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मोहन आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुलातर्फ ९९ जना उम्मेदवार थिए । कांग्रेसका सभापतिसहित १३४ पदकालागि गत सोमबार मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म १३ पदाधिकारी र खुला केन्द्रीय सदस्यको मतगणना गरेको छ ।निर्वाचित हुनेमा बहुमत सदस्य सभापति शेरबहादुर देउवा पक्षका रहेका छन् । ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


