एमालेमा नेताहरुको कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँट ।
काठमाडौँ
नेकपा एमालेले पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालेले अन्तरपार्टी निर्देशन ९अपानि० जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तोकेको हो ।
कार्य विभाजनअनुसार पार्टीको समग्र नेतृत्वमा केपी शर्मा ओली र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ ।यसैगरी उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।
त्यसैगरि सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी महासचिव शंकर पोखरेलले पाउनु भएको छ । उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराईलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, सचिव गोकर्ण विष्टले उर्जा, जलस्रोत तथा सिँचाइ विभाग र प्रगतिशील तथा पेसागत इन्जिनियर्स एसोसिएशनको जिम्मेवारी पाउँदा अर्का सचिव योगेश भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभागको इञ्चार्ज र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ तथा सम्बद्ध सङ्गठनहरुको जिम्मेवारी पाएका छन् भने स्थायी कमिटी सदस्य घनश्याम भुसालले अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


