बसमा विद्युतीय टिकट प्रणाली : सजिलो र झण्झटिलो उस्तै
काठमाण्डाै –
झापाका अमित अधिकारी साझा बस चढ्दा खल्तीमा चानचुन पैसा बोक्नुहुन्न । उहाँसँग भाडा तिर्न मिल्ने विद्युतीय कार्ड छ । बसमा चढ्ने बित्तिकै सहचालकलाई कार्ड देखाउनुहुन्छ । सहचालकले त्यो कार्ड मेसिनमा राख्छन् । जहाँसम्म पुग्नुपर्ने हो, कार्डबाट त्यति नै पैसा काटिन्छ ।
रानीबारी बस्ने अमित लगनखेलको एक प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ । कार्ड प्रणालीले यात्रामा केही सजिलो भएको उहाँले बताउनुभयो ।
‘पहिले घरबाट निस्किँदा गाडी भाडाको लागि भनेर चानचुन पैसाको जोहो गर्नुपर्थ्यो, अहिले ढुक्क छ’ उहाँले खुशी हुँदै भन्नुभयो । तर कहिलेकाँही भने कुनै सहचालकसँग यो मेसिन नै नहुँदा र भए पनि काम नगर्ने अवस्थामा हुँदा भने खल्ती छाम्नुपरेको उहाँको अनुभव छ । ‘त्यसो हुँदा फेरि उही पुरानो ताल’ उहाँले टाउको कन्याउँदै गुनासो पोख्नुभयो ।

बसको टिकट प्रणाली विद्युतीय बनाउने भनेर साझा यातायातले यस्तो प्रणाली लागू गरेको छ । आफूसँग भएका जम्मा ५१ बसहरुमध्ये अहिले ४५ बसहरुमा यस्तो सुविधा रहेको साझा यातायात प्रालिका लेखाअधिकृत गोपालप्रसाद पन्तले बताउनुभयो । २० दिन अघिदेखि स्मार्ट कार्ड बाँड्न सुरु गरेकोमा अहिले १ सय ५० सेवाग्राहीहरुले स्मार्ट कार्ड लिइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
‘हामी अहिले परीक्षण कालमा छौं, यसको प्रचारप्रसार नभएकाले धेरै कार्ड बिक्री नभएको हो’ उहाँले भन्नुभयो, ‘तर बिक्री भएजतिबाट भने राम्रै प्रतिक्रिया पाएका छौँ । यसको प्रयोगले सेवाग्राहीलाई मात्र होइन, व्यवसायीहरुलाई पनि राहत पुग्ने छ ।’
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


