नेकपा एमालेमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिए ।
काठमाण्डौ:
नेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका हुन् भने १४ पदाधिकारीमा १८ जनाले चुनावी प्रतिष्पर्धा गरेका थिए ।
एमालेका नयाँ पदाधिकारी
अध्यक्ष:केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष: ईश्वर पोखरेल
महासचिव: शंकर पोखरेल
उपाध्यक्षहरू: अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा बादल
उपमहासचिवहरू: प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल
सचिवहरू : गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी, रघुवीर महासेठ
यीमध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन्। सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पहिलो पटक एमाले पदाधिकारी भएका हुन्।
यसपालि एमाले पदाधिकारीमा पहिलो पटक रघुवीर महासेठ मधेसी र छविलाल विश्वकर्मा दलित समुदायका नेता परेका छन्।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


