स्याङ्जाका खनाल बाबुछोराको ट्रकको ठक्करबाट रुपन्देहीमा मृत्यु ।
स्याङ्जा :
रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका १० का ५३ वर्षीय गितानाथ खनाल र उहाँको १३ वर्षीय छोरा सुदिप खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्दहीले बताएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो सवा १ बजे तिर बुटवलबाट बेलहियाका लागि छुटेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई दिएको प्रहरीको भनाई छ ।
दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि भिम अस्पताल लगिएको र त्यहाँ उपचार हुने सम्भावना नरहेपछि युनिभर्सल मेडिकल कलेज लगिएको थियो
गीतानाथको घटनास्थल र सुदिपको उपचारका लागि लैजादैगर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
गितानाथ खनाल स्याङ्जाको चापाकोट स्थित भानु माविका प्रधानध्यापक समेत रहनु भएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


