गृहमन्त्रीले दिए बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन ।
काठमाण्डौ:
गृहमन्त्री बालकृष्ण खाँणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सहभागी थिए ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् । अब सम्मानसहितको सेवा सञ्चालन गर्नु पर्ने गृहमन्त्री खाँणले निर्देशन दिएका हुन्। संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नु पर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्द प्रयोग गरेर त्यसको सुरुवात गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…