विवादमा आएपछि आपूर्ति मन्त्री गजेन्द्र हमालले गरे राजीनामा ।
काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।‘४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ उहाँले भन्नुभयो, ‘आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँछु ।’ हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । यद्यपि सर्वोच्च अदालत, र सत्तारुढ दलका नेताहरूले भने आरोपको खण्डन गर्दै आएका छन् ।हमाल प्रधान्यायाधीश राणाका जेठान हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


