वालिङमा हाट बजारको उद्दघाटन, हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड
तोलाकान्त बगाले/वालिङ :
वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल, उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन गरिएको हो । हाटबजारको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खांणले हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पु¥याउने भन्दै यसको निरन्तरतामा जोड दिनुभयोे । प्रमुख खांणले भन्नुभयो, ‘गाँउगाउँमा कृषकहरुले उत्पादन गर्नुभएका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिनेछ । कृषि उपजको बजारीकरणका लागी नगरपालिकाले प्राथामिकताका साथ अगाडि बढेको छ ।’

साथै प्रमु खखांणले गाउँगाउँका सहकारीका भवन, क्लबका भवनहरुलाई संकलन केन्द्र बनाई केन्द्रबाट हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सृजना गर्ने भन्दै यहाँ खपत भई बाँकी रहेका उपजहरुको बाहिरी जिल्ला निर्यात गर्न समेत नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, यूएनडिपि नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल, दियालो संस्थाकी अध्यक्ष कविता गैह्रे, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाल लगायतले बोल्नुभएको थियो ।

हाटबजार शनिबादेखि ३ दिनसम्म चल्नेछ भने अव हरेक साताको शनिबार हाटबजार सञ्चालन हुनेछ । हाटबजारमा कृषिजन्य वस्तु, पशुजन्यवस्तु, कृषि औजार, हस्तकलालगायतका स्टलहरु रहेका छन् । स्टलहरु निशुल्क उपलब्ध गराईएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्या.यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र सञ्चालन सचिव भुपराज बगालेले गर्नुभएको थियो ।





समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


