एकै परिवारका तीन जनाको शव फेला ।
धनुषा:
शुक्रबार साँझ धनुषामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । धनुषा नगराइन नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका छोराहरू ५ बर्षीय अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतक गुडियाको श्रीमान गुरुदेव साह दैनिक ज्याला मजदुरीमा काम गर्न जनकपुर गएका थिए । सासु ससुरा खेत बारीमा काम गर्न गएका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको आशंका छ । मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको बताइएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


