मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढ्दै ।
काठमाडौं :
नेपालमा हाल कडा खालको मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढेको छ ।
कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभावले धेरै व्यक्ति प्रभावित देखिएका छन् ।
बालबालिकामा धेरै देखिएको यो समस्या बढ्दै गए निमोनियाको खतरा रहने चिकित्सक शेरबहादुर पुन बताउनुहुन्छ । रुघाखोकी सामान्य नै भए पनि फ्लू भएको खण्डमा भने निमोनियासम्म हुनेसक्ने उहाँको भनाइ छ ।
नेपालमा गर्मी र जाडो महिना सुरु हुने समयमा यस्ता समस्या सतहमा आउने गरेको छ । गर्मीमा बढी देखिने फ्लूले अत्यधिक ज्वरो आउने र जिउ दुख्ने समस्या देखिन्छ ।
कोरोना संक्रमण र फ्लूको लक्षण मिल्दोजुल्दो र छुट्याउन नै कठिन हुने भएकाले धेरै व्यक्तिले दुई तीन पटकसम्म नै कोरोनाको परीक्षण गराउने गरेको चिकित्सकको अनुभव छ ।
यद्यपि कोरोना र फ्लूको उपचार गर्ने तरिका भने फरक छ । इन्फ्लुएन्जा विरुद्धको खोप लगाउन सकिन्छ । जुन नेपालमा पनि उपलब्ध छ । वर्षको १ पटक लगाउनुपर्ने खोकी, दम, स्वास प्रश्वास सम्बन्धी दिर्घ समस्या भएका व्यक्तिले अनिवार्य लगाउन चिकित्सकहरू सुझाव दिन्छन् ।
इन्फ्लुएन्जा सरुवा रोग हो । यो एक बाट अर्को व्यक्तिमा २ देखि ४ दिनभित्र सरिसक्छ । लक्षण देखिएको व्यक्तिले भने मास्क लगाउने, अन्य व्यक्तिको नजिकमा नजाने, घरमा नै बस्ने जस्ता सतर्कता अपनाउन चिकित्सकहरूले सल्लाह दिएका छन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


