संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण
काठमाडौं : आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो ।
दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट लेखिएको संविधान जारी भएको थियो ।
त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस अर्थात राष्ट्रिय दिवसको रुपमा मनाउँदै आईएको छ । तर मधेशकेन्द्रीत दलहरुको असन्तुष्टी अmभैसम्म संवोधन हुन सकेको छैन । मुख्य राजनीतिक दलहरुले मेधशवादी दलका अडानलाई आ आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दै आएका छन् ।
स्वयं मधेशवादी दलहरु पनि सत्तामा नपुग्दा मात्रै यी मुद्दा उठाउने गरेका छन् । नयाँ संविधान जारी भएको ६ वर्ष बित्न नपाउँदै यसप्रति असन्तुष्टी पनि बढ्न थालेको छ । संविधानमा उल्लेखित मौलिक हकहरु कागजमा मात्रै सिमित भएका छन् ।
केन्द्र सरकार सकेसम्म सबै अधिकार सिंहदरवारभित्रै राख्न चाहन्छ । परिणामस्वरुप प्रदेश सरकार नाम मात्रैका कागजी हात्ति बनेका छन् । अधिकारसम्पन्न स्थानिय तहमा विकृती र विसंगती बढ्दै गएको छ । संविधान जारी भएपछिको पहिलो निर्वचित संसद दुई पटक विघटनको असफल प्रयास भईसकेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


