वालिङमा आजबाट बैकिङ तथा बीमा एक्स्पो हुने, राष्ट्रवैकका गभर्नर नेपालले उद्धघाटन गनुहुने ।
आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङमा आज र भोलि बैकिङ तथा बीमा एक्स्पो हुदैछ । वालिङ उद्योग बाणिज्य संघको सिटिहलमा आयोजना हुने एक्स्पोको अहिले विहान १० बजे नेपाल राष्ट्र बैकका गभर्नर चिरन्जीवी नेपालले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
बित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत दुई दिन वालिङमा एक्स्पो हुन लागेको हो । मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने बताईएको छ ।
एक्स्पो ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार कार्यक्रम गर्न लागिएको बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिनुभयो । उहाँले बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास,ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


