स्याङ्जामा जिपको ठक्करबाट ६ बर्षका बालकको मृत्यु ।
स्याङ्जा :
स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करबाट शनिवार साँझ ६ बर्षका बालकको ज्यान गएको छ । पुतलीबजार १० राङ्खोलाबाट समाताटोल तर्फ जाँदै गरेको लु १ च ६०९७ नम्वरको जिपले स्थानीय सुमन गुरुङका छोरा आयोन गुरुङलाई ठक्कर दिएको हो । ठक्करबाट बालक गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिपका चालक पुतलीबजार १० का २८ बर्षीय निरज शाही फरार रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीकोभिड पछि बल्ल लाग्यो चर्चित बाह्रविसे मेला
२ हप्ता अगाडि
वालिङ : वालिङ १३ बाह्रबिसेमा मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष राम नवमी दिन लाग्दै आएको बाह्रबिसे बजार (मेला) …