काँग्रेस महाधिवेशन : ‘हाम्रो एकता नै हाम्रो शक्ति हो’-युवा नेता पौडेल
बिष्णु पौडेल :
हामी यतिबेला नेपाली काँग्रेसको १४औं महाधिवेशनको संघारमा छौ । देशका अधिकांश जिल्लाहरुका स्थानीय निकायहरुमा वडा अधिवेशन सम्पन्न भएको छ । नगर, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिकामा केही संशोधित भएको छ ।
यस परिवेशमा म नेपाली कांग्रेस स्याङ्गजामा आवद्ध सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अधिवेशनलाई देशको ठुलो लोकतान्त्रिक पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास र हामी बिचमा भएका असहमति र फरकपनलाई न्यूनिकरण गर्दै आन्तरिक एकता, सदभाव र बन्धुत्व भावना अभिवृद्धि गर्ने एउटा उत्सवको रुपमा अगाडि बढाउन आग्रह गर्दछु । हाम्रो राजनैतिक यात्रा दिर्घकालिन र लक्ष्य बृहत छ ।
राष्टियता, लोकतन्त्र र समाजवादको मुल्यलाई आत्मसात गर्दै हामी सम्पूर्ण कार्यकर्ताहरुले पार्टीमा योगदान गर्ने अग्रजहरु प्रति उच्च सम्मान, पार्टीमा क्रियाशील अग्रजहरु र उर्जावान व्यक्तिहरुलाई उपयुक्त भूमिका र परिवर्तनका संवाहक युवाहरुको भविश्य सुनिश्चित र आकर्षण हुने गरि नगर, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन गर्न सकेमा यसले लोकतन्त्रलाई संस्थागत गर्न सक्दछ । हाम्रो एकता नै हाम्रो शक्ति हो ।
(नेता पौडेल काँग्रेस महाधिवेशन प्रतिनिधि तथा नेविसंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


