कांग्रेसको पालिका अधिवेशन सर्यो, कार्यतालिकामा हेरफेर गर्ने प्रस्ताव
काठमाडौँ : कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सर्ने भएको छ । नेताहरुले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिका नै हेरफेर गर्ने तयारी गरेका छन् ।
सदस्यताको विवादका कारण वडा तहको अधिवेशन प्रभावित भएपछि कांग्रेसले पुन: कार्यतालिकामा फेरबदल गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यतालिका फेरबदल गर्ने विषयमा सहमति भइसकेको छ । ‘कार्यतालिका फेरबदल गर्ने सहमति भइसक्यो । अब आधिकारिकरुपमा आउँछ,’ एक नेताले भने ।
यसअघि २७ भदौ अर्थात् आइतबारका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो । तर, शुक्रबारसम्म पनि वडा अधिवेशन नै सकिएको छैन । भदौ १८ मै ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने कार्यतालिका थियो । तर, २१ वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद अझै पनि सुल्झिएको छैन । ती जिल्लाको वडा अधिवेशन नै अझैसम्म अनिश्चित छ ।
पौडेल समूहले ६७४३ वटै वडामा एकैदिन अधिवेशन हुने वातावरण बनाउन आन्दोलन नै गरेको थियो । तर, सदस्यताको विवाद समयमै नमिलेका कारण पार्टीको वैधानिकता जोगाउन भन्दै नेताहरुले १८ भदौमै वडा अधिवेशन सुरु गर्नैपर्ने बाध्यतामा वडा अधिवेशन सुरु भयो ।
ती नेताका अनुसार अब बाँकी सदस्यताको विवाद मिलाएर ५ असोजमा वडा अधिवेशन गर्ने प्रस्ताव छ । त्यस्तै, ७५३ वटै पालिकाको एकैपटक ९ असोजमा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । ११ असोजमा प्रदेश सभा क्षेत्र, १३ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १६ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने प्रस्ताव तय भएको छ ।
यसअघि प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते गर्ने कार्यतालिका थियो ।
प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन भने यसअघि घोषित मितिमै हुनेछ । कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ मा गर्ने कार्यतालिका छ । ईकान्तिपुर डटकमबाट
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


