महिला टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने ।
काठमाण्डौ:
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेल आगामी भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
दशरथ रंगशालामा खेल हेर्न चाहने दर्शकलाई प्रवेश दिइनेछ। जसमा साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआइपीतर्फको ५ सय रुपैयाँ मूल्य तोकिएको छ। टिकट प्रभु पेबाट काट्न सकिनेछ। खेलका लागि बंगलादेशको टिम भोलि बिहान काठमाडौं आइपुग्नेछ।
नेपाली टिम अहिले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटको तयारी गरिरहेको छ। छनोट प्रतियोगिता आगामी महिना उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ। नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र र हङकङसँग असोज ५ गते खेल्नेछ। तीन टिममध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


