लागु औषध सहित दुई व्यक्ति पक्राउ ।
पोखरा:
पोखरामा लागु औषध सहित दुई व्यक्ति पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नं -२१ निर्मलपोखरी बस्ने २८ वर्षीय विमल राई र वडा नं -१६ बस्ने २० वर्षीय राजेन्द्र परियार अवैध लागु औषधसहित पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।
केसीका अनुसार विशेष सूचनाका आधारमा आइतबार खटिएको प्रहरीको टोलीले दिउँसो अन्दाजी १स्२० बजेको समयमा परियारको कोठाबाट डाइजेपाम ९३ एम्पुल, फेनारगन ९३ एम्पुल र नुर्फिन ९३ एम्पुल गरी जम्मा २७९ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भैरहेको उपरीक्षक केसीले जानकारी दिए।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


