सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डको ठाँउठाँउमा पहिराे,ग्रामिण सडक अस्तव्यस्त ।
स्याङ्जा :
सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डको ठाँउठाँउमा पहिरोजाँदा यातायात अवरुद्ध हुन पुगेको छ ।
आईतवार अपरान्ह राम्दीमा एक जनाको ज्यान जाने गरी गएको पहिरो हटाउने काम अझै सकिएको छैन । दिउसो एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको भए पनि माथि ठुला ठुला ढुंगा अड्किएका कारण जोखिम उत्तिकै रहेको छ ।
त्यस्तै गल्याङ ८ झोल्पे चिउरी र गल्याङ १ मालुङ्गामा पनि पहिरो गए पछि सडक अवरुद्ध भएको हो ।
केहिदिनको निरन्तर वर्षा सोमवार दिउसोबाट रोकिएको भए पनि पहिरो जाने क्रम भने रा्किएको छैन ।
मालुंगाको पहिरो स्काभेटरको सहायताले पन्छाउने कार्य भईरहेको छ भने चिउरीमा प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।
यसैबीच,अविरल वर्षासँगै आएको पहिरो तथा बाढीका कारण स्याङ्जाका बजार क्षेत्रहरु र ग्रामीण क्षेत्रको आवतजावत टुटेको छ ।
ग्रामीण भेगमा जाने सबै सडकहरुमा पहिरो तथा बाढीका कारण अवरुद्ध भएको छ । ग्रामिण भेगमा नियमित यातायात सूचारु गर्न केही दिन लाग्ने प्रहरीले जनाएको छ ।
उता प्रहरीले भने अविरल वर्षा केहि रोकिएपनि पहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


