चापाकोट नगरपालिकाद्वारा हेमोलाईटिड एनेमियाका बिरामीलाई तीन लाख सहयोग
स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिकाले हेमोलाईटिड एनेमिया रोगबाट पीडित महिलालाई आर्थिक सहयोग गरेको छ।
स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं २ निवासी पिताम्वर रानाको छोरी वर्ष ३७ बर्षीय सरस्वती रानालाई चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले उपचारका लागि तीन लाख ३ लाख सहयोग गर्नु भएकाे हाे ।
उहाँलाइ विगत लामो समय देखी हेमोलाईटिड एनेमिया रोगबाट ग्रसित हुनु भएकाे थियाे ।
उहाँको आर्थिक अवस्था कमजोर भएकोले नगरपालिकाले सहयोग गरेको जानकारी गराउँदैं उहाँको वोनम्यारो प्रत्यारोपणका लागि अझ धेरै रकम आवश्यक पर्ने भन्दैं सहयोगका लागि नगरपालिकाले अपिल समेत गरेको छ।
उहाँलाई सहयोग गर्न चाहानुहुनेले नेपाल वैंक लिमिटेड शाखा कार्यालय चापाकोटमा रहेको निज सरस्वती रानाको खाता नं १९००१७०६३२७२१८०००००१ मा जम्मा गरिदिन परिवारले आग्रह गरेकाे छ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


