टिकटक बनाउदा युवतीको नौ तलाबाट खसेर ज्यान गयो ।
एजेन्सी:
टिकटकका लागि भिडियो खिच्ने क्रममा टर्कीको इस्तानबुलकी एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् ।
कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित आफन्तको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्तको आकाशिय दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थानीय समयअनुसार हिजो साँझ करिब साढे बजे तिर अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि खिच्न लाग्दा उनी खसेकी थिइन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


